काठमाडौं । नेकपा समाजवादीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने नयाँ मन्त्रीहरुको सपथग्रहण आज हुने भएको छ । शितल निवासस्थित राष्ट्रपति कार्यालयका अनुसार आज बिहान ११ बजे नवनियुक्त मन्त्री एवं राज्यमन्त्रीहरूलाई शपथ ग्रहण गराइने भएको हो ।
प्रधानमन्त्री देउवाले हिजो (आइतबार) साँझ एकीकृत समाजवादीले सिफारिस गरेकालाई नयाँ मन्त्रीमा नियुक्त गरेका थिए । नेकपा समाजवादीबाट आज (सोमबार) सपथग्रहण गर्नेहरुमा सहरी विकास मन्त्री मेटमणि चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा जीवनराम श्रेष्ठ, श्रम तथा सामाजिक सुरक्षामा शेरबहादुर कुँवर,स्वास्थ्य मन्त्रीमा भवानी खापुङ र हिराचन्द्र केसी हुन् ।
























