• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सिरहा: नमूना विद्यालयमा हिसाबकिताब खोजेपछि प्रधानाध्यापक नै फरार।

७ आश्विन २०७७, बुधबार

द प्रदेश टाइम्स / सिरहा । श्री जनता नमूना माध्यमिक विद्यालय (प्राविधिक घार) सखुवानन्कारकट्टी–१ मौवाहीमा व्यापक अनियमितता भएको गुनासो अभिभावकहरुले गरेका छन् । विद्यालयका प्रधानाध्यापक रामप्रित यादवले विद्यालयको पूर्वाधार निर्माण तथा शैक्षिक सामग्री खरिदमा अनियमितता गरेको विद्यालय व्यवस्थापन समितिसहित अभिभावकहरुको आरोप छ ।

नमूना विद्यालयको लागि पूर्वाधार निर्माण तथा शैक्षिक सामग्री व्यवस्थापन शीर्षकमा आव ०७५/७६ मा छुट्याइएको एक करोड ५० लाख रुपैयाँमा व्यापक अनियमितता भएको स्थानीयको आरोप छ । सो रकमध्ये ९७ लाख रुपैयाँको चार कोठे भवन निर्माण गर्ने भनिए पनि अझै पुरा नभएको विद्यालय व्यवस्थापन समितिका वरिष्ठ सदस्य समेत रहेका बालेश्वर यादवले जानकारी दिए ।

बाँकी रकम शैक्षिक सामग्री खरिदका लागि दिएको भनिए पनि कुनै सामग्री खरिद नगरी रकम निकासा गरेको उनले सुनाए । व्यवस्थापन समिति र अभिभावकलाई जानकारी नै नगराई काम गरेपछि स्थानीयले सोधखोज सुरु गरेका थिए । सोधखोजपछि विद्यालयमा व्यापक अनियमितता भएको खुलेको स्थानीयको भनाइ छ ।

आर्थिक अनियमिताबारे छानविन गर्न विद्यालय व्यवस्थापन समितिका सदस्यहरु र अभिभावकहरुको माग छ । अनियमिततामा संलग्नमाथि कडा कारवाही हुनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

आर्थिक वर्ष २०७६÷७७ मा पनि विद्यालय सुधार गुरुयोजना अन्तर्गत १ करोड ५० लाख रकम आएको थियो । तर उक्त रकम प्रधानाध्यापकले काम विना नै निकासा गरेको स्थानीय अगुवा दिपेश यादवले जनाए । स्थानीयले गाउँपालिका, शिक्षा समन्वय समिति र केन्द्रसम्म पुगेर खोजतलास सुरु गरेपछि प्रधानाध्यापकले पछिल्लो एक महिनाबाट बल्ल काम थालेका छन् ।

०६८÷६९ देखि हालसम्मको विद्यार्थीबाट उठाएको शुल्क र विभिन्न निकायबाट उठाएको करिब १० करोडको आर्थिक पारदर्शिता गरिदिन प्राधानाध्यापक रामपृत यादवसँग माग गरेको जनता समाजवादी पार्टीका नेता समेत रहेका दिपेश यादवले बताए ।

विद्यालयको निर्माणको हरेक सामग्री, निर्माण मिस्त्री तथा मजदुर सबै प्रधानाध्यापक आफैले ल्याउने र काम लगाउने गरेपछि मिलेमतोको आशंकामा हिसाब किताब माग गरिएको, त्यसपछि प्रधानाध्यापक यादव विद्यालय आउनै छाडेको अभिभावकहरु बताउँछन् ।

प्रधानाध्यापक यादवले निर्माण बाहेक कम्प्युटर खरिद, ल्याब व्यवस्थापन, दिवा खाजाका लागि आएका रकमहरु पनि दुरुपयोग गरेको स्थानीयको आरोप छ ।

विद्यालयको कम्प्यूटर ल्याब व्यवस्थापन तथा खरिदका लागि २०७३÷७४ मा २७ लाख रुपैयाँ निकासा भए पनि एक थान कम्प्युटर खरिद नगरी रकम दुरुपयोग गरेको विद्यालय व्यवस्थापन समितिक अर्का सदस्य रामजी यादवले सुनाए ।

उनले भने, ‘त्यसबेला विभागबाट आएको २७ लाख रुपैयाँ प्रधानाध्यापकले निजी काममा प्रयोग गरे, अहिले गाउँपालिकाले दिएको रकमले कम्प्युटर खरिद गरिएको छ । यसैलाई दुवैतिर देखाएर रकम झ्वाम पारेका हुन् ।’

प्रधानाध्यापक यादव भने सबै काम समितिमार्फत नै भएको दावी गर्छन् । उनले कुनै अनियमिता नभएको बताए । समितिको विवरणसहित कुन शीर्षकमा कति रकम आएको र कहाँ खर्च भएको हो भनी बुझ्न खोज्दा उनले आफू बिरामी परेर अस्पतालमा रहेको भन्दै पन्छिए ।

यता, गाउँपालिकाले विद्यालयमा निर्माण तथा शैक्षिक सामाग्री खरिदका लागि आएको रकम विद्यालयको खातामा पठाइदिएको र त्यहीँबाट सबै काम हुने गरेको जनाएको छ । गाउँपालिका अध्यक्ष केदारनाथ यादवले भने, ‘केही कमजोरी भएको भन्ने सुनेको छु, यस विषयमा खोजविन हुन्छ ।’

उक्त विद्यालयलाई प्रदेश सरकारले नमूना विद्यालय घोषणा गरेको छ । नमूना भएपछि आएको डेढ करोड रुपैयाँ पनि दुरुपयोग भएको अभिभावकहरुको भनाइ छ ।

नमूना घोषणा भएपछि आएको डेढ करोड बजेटमध्ये ६५ प्रतिशत पूर्वाधारमा, २५ प्रतिशत शैक्षिक गतिविधिमा र १० प्रतिशत रकम व्यवस्थानमा खर्च गर्नुपर्ने हुन्छ । तर, मापदण्ड बमोजिम प्रधानाध्यापकले खर्च नगरेको सरोकारवालाहरु बताउँछन् । अहिलेसम्म विद्यालयमा शौचालयको राम्रो प्रवन्धसमेत हुन नसकेको विद्यार्थी एवं अभिभावकको गुनासो छ ।

सम्बन्धित खवर

समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रिय उपाध्यक्ष आमिन राईनद्वारा विद्यार्थी दिवसको शुभकामना
प्रदेश विशेष

समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रिय उपाध्यक्ष आमिन राईनद्वारा विद्यार्थी दिवसको शुभकामना

2 days पहिले
एमाले धनुषा अधिवेशनमा दुई समूहबीच कुटाकुट
प्रदेश विशेष

एमाले धनुषा अधिवेशनमा दुई समूहबीच कुटाकुट

1 week पहिले
प्रदेश सांसद कुशवाहाद्वारा श्री रा.प्रा.वि. भवन निर्माणको शिलान्यास
प्रदेश विशेष

प्रदेश सांसद कुशवाहाद्वारा श्री रा.प्रा.वि. भवन निर्माणको शिलान्यास

2 weeks पहिले
उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता
प्रदेश विशेष

उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता

3 weeks पहिले
गरिबी, असामनता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रुपमा अगाडी बढाउनु पर्छ- उपेन्द्र यादव
प्रदेश विशेष

गरिबी, असामनता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रुपमा अगाडी बढाउनु पर्छ- उपेन्द्र यादव

3 weeks पहिले
समाजवादी मुस्लिम संघ नेपालको धनुषा जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा कलिम राईन निर्वाचीत
प्रदेश विशेष

समाजवादी मुस्लिम संघ नेपालको धनुषा जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा कलिम राईन निर्वाचीत

3 weeks पहिले

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रिय उपाध्यक्ष आमिन राईनद्वारा विद्यार्थी दिवसको शुभकामना

समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रिय उपाध्यक्ष आमिन राईनद्वारा विद्यार्थी दिवसको शुभकामना

2 days पहिले
एमाले धनुषा अधिवेशनमा दुई समूहबीच कुटाकुट

एमाले धनुषा अधिवेशनमा दुई समूहबीच कुटाकुट

1 week पहिले
प्रदेश सांसद कुशवाहाद्वारा श्री रा.प्रा.वि. भवन निर्माणको शिलान्यास

प्रदेश सांसद कुशवाहाद्वारा श्री रा.प्रा.वि. भवन निर्माणको शिलान्यास

2 weeks पहिले
उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता

उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता

3 weeks पहिले
गरिबी, असामनता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रुपमा अगाडी बढाउनु पर्छ- उपेन्द्र यादव

गरिबी, असामनता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रुपमा अगाडी बढाउनु पर्छ- उपेन्द्र यादव

3 weeks पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us