• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सिरहा: नमूना विद्यालयमा हिसाबकिताब खोजेपछि प्रधानाध्यापक नै फरार।

२०७७ आश्विन ७, बुधबार १०:००

द प्रदेश टाइम्स / सिरहा । श्री जनता नमूना माध्यमिक विद्यालय (प्राविधिक घार) सखुवानन्कारकट्टी–१ मौवाहीमा व्यापक अनियमितता भएको गुनासो अभिभावकहरुले गरेका छन् । विद्यालयका प्रधानाध्यापक रामप्रित यादवले विद्यालयको पूर्वाधार निर्माण तथा शैक्षिक सामग्री खरिदमा अनियमितता गरेको विद्यालय व्यवस्थापन समितिसहित अभिभावकहरुको आरोप छ ।

नमूना विद्यालयको लागि पूर्वाधार निर्माण तथा शैक्षिक सामग्री व्यवस्थापन शीर्षकमा आव ०७५/७६ मा छुट्याइएको एक करोड ५० लाख रुपैयाँमा व्यापक अनियमितता भएको स्थानीयको आरोप छ । सो रकमध्ये ९७ लाख रुपैयाँको चार कोठे भवन निर्माण गर्ने भनिए पनि अझै पुरा नभएको विद्यालय व्यवस्थापन समितिका वरिष्ठ सदस्य समेत रहेका बालेश्वर यादवले जानकारी दिए ।

बाँकी रकम शैक्षिक सामग्री खरिदका लागि दिएको भनिए पनि कुनै सामग्री खरिद नगरी रकम निकासा गरेको उनले सुनाए । व्यवस्थापन समिति र अभिभावकलाई जानकारी नै नगराई काम गरेपछि स्थानीयले सोधखोज सुरु गरेका थिए । सोधखोजपछि विद्यालयमा व्यापक अनियमितता भएको खुलेको स्थानीयको भनाइ छ ।

आर्थिक अनियमिताबारे छानविन गर्न विद्यालय व्यवस्थापन समितिका सदस्यहरु र अभिभावकहरुको माग छ । अनियमिततामा संलग्नमाथि कडा कारवाही हुनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

आर्थिक वर्ष २०७६÷७७ मा पनि विद्यालय सुधार गुरुयोजना अन्तर्गत १ करोड ५० लाख रकम आएको थियो । तर उक्त रकम प्रधानाध्यापकले काम विना नै निकासा गरेको स्थानीय अगुवा दिपेश यादवले जनाए । स्थानीयले गाउँपालिका, शिक्षा समन्वय समिति र केन्द्रसम्म पुगेर खोजतलास सुरु गरेपछि प्रधानाध्यापकले पछिल्लो एक महिनाबाट बल्ल काम थालेका छन् ।

०६८÷६९ देखि हालसम्मको विद्यार्थीबाट उठाएको शुल्क र विभिन्न निकायबाट उठाएको करिब १० करोडको आर्थिक पारदर्शिता गरिदिन प्राधानाध्यापक रामपृत यादवसँग माग गरेको जनता समाजवादी पार्टीका नेता समेत रहेका दिपेश यादवले बताए ।

विद्यालयको निर्माणको हरेक सामग्री, निर्माण मिस्त्री तथा मजदुर सबै प्रधानाध्यापक आफैले ल्याउने र काम लगाउने गरेपछि मिलेमतोको आशंकामा हिसाब किताब माग गरिएको, त्यसपछि प्रधानाध्यापक यादव विद्यालय आउनै छाडेको अभिभावकहरु बताउँछन् ।

प्रधानाध्यापक यादवले निर्माण बाहेक कम्प्युटर खरिद, ल्याब व्यवस्थापन, दिवा खाजाका लागि आएका रकमहरु पनि दुरुपयोग गरेको स्थानीयको आरोप छ ।

विद्यालयको कम्प्यूटर ल्याब व्यवस्थापन तथा खरिदका लागि २०७३÷७४ मा २७ लाख रुपैयाँ निकासा भए पनि एक थान कम्प्युटर खरिद नगरी रकम दुरुपयोग गरेको विद्यालय व्यवस्थापन समितिक अर्का सदस्य रामजी यादवले सुनाए ।

उनले भने, ‘त्यसबेला विभागबाट आएको २७ लाख रुपैयाँ प्रधानाध्यापकले निजी काममा प्रयोग गरे, अहिले गाउँपालिकाले दिएको रकमले कम्प्युटर खरिद गरिएको छ । यसैलाई दुवैतिर देखाएर रकम झ्वाम पारेका हुन् ।’

प्रधानाध्यापक यादव भने सबै काम समितिमार्फत नै भएको दावी गर्छन् । उनले कुनै अनियमिता नभएको बताए । समितिको विवरणसहित कुन शीर्षकमा कति रकम आएको र कहाँ खर्च भएको हो भनी बुझ्न खोज्दा उनले आफू बिरामी परेर अस्पतालमा रहेको भन्दै पन्छिए ।

यता, गाउँपालिकाले विद्यालयमा निर्माण तथा शैक्षिक सामाग्री खरिदका लागि आएको रकम विद्यालयको खातामा पठाइदिएको र त्यहीँबाट सबै काम हुने गरेको जनाएको छ । गाउँपालिका अध्यक्ष केदारनाथ यादवले भने, ‘केही कमजोरी भएको भन्ने सुनेको छु, यस विषयमा खोजविन हुन्छ ।’

उक्त विद्यालयलाई प्रदेश सरकारले नमूना विद्यालय घोषणा गरेको छ । नमूना भएपछि आएको डेढ करोड रुपैयाँ पनि दुरुपयोग भएको अभिभावकहरुको भनाइ छ ।

नमूना घोषणा भएपछि आएको डेढ करोड बजेटमध्ये ६५ प्रतिशत पूर्वाधारमा, २५ प्रतिशत शैक्षिक गतिविधिमा र १० प्रतिशत रकम व्यवस्थानमा खर्च गर्नुपर्ने हुन्छ । तर, मापदण्ड बमोजिम प्रधानाध्यापकले खर्च नगरेको सरोकारवालाहरु बताउँछन् । अहिलेसम्म विद्यालयमा शौचालयको राम्रो प्रवन्धसमेत हुन नसकेको विद्यार्थी एवं अभिभावकको गुनासो छ ।

सम्बन्धित खवर

डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले
अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते
प्रदेश विशेष

अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते

56 years पहिले

ताजा समाचार

डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech