काठमाडौं / नेपालमा आज मंगलबार थप २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित प्रेस ब्रिफिङमा उक्त जानकारी दिएका हुन् ।
काठमाडौं उपत्यकाका २८ सहित २०४ जना कोरोना संक्रमित थपिएको गौतमले जानकारी दिएका हुन् । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढे पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या घट्दो क्रममा रहेको छ ।
डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको परीक्षणमा झापाका एकजना र सुनसरीका २ जना,प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ६ जना, गजेन्द्र नारायण सिंह अस्पताल राजविराज प्रयोगशालामा सप्तरीका ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ८ जना र महोत्तरीका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका ११ जना बैतडीका ११ जना डोटीका ७ जना, गोरखाका एकजना, काठमाडौंका एकजना र सिन्धुलीका एकजना संक्रमित भएका छन् ।
यस्तै किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा मकवानपुरका २ जना, धुलिखेल अस्पतालको प्रयोगशालामा बाजुराका ५४ जना, सिन्धुपाल्चोकका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा धादिङका एकजना, भक्तपुरका ४ जना, गोरखाका २ जना, कास्कीका एकजना, काठमाडौंका १२ जना, ललितपुरका १० जना, लमजुङका एकजना, नुवाकोटका एकजना, पर्सा, छामेराप, रुपन्देही र सप्तरीका एक एक जना, सर्लाहीका ३ जना, सुनसरी , रुकुम पश्चिम र मकवानपुरका एक एक जना संक्रमित छन् ।
यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा तनहुँका २ जना र बाग्लुङका एकजन, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाल रुपन्देहीमा गरीएको परीक्षणमा अर्घाखाँचीका ८ जना कपिलवस्तुका एकजना, नवलपरासीका ५ जना र पाल्पाका २ जना संक्रमित छन् । यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा दाङका ३ जना, रुकुमपश्चिमा ४ जना, रुकुम पुर्वका एकजना, बर्दियाका २ जना र सल्यानका ५ जना संक्रमित भएका छन् ।
यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुर्खेतका ३ जना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा डडेल्धुराका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको डा. गौतमले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्