Advertisement

अदालतबाट भागेका व्यक्ति ३ घण्टापछि पक्राउ

न्युजडेस्क
२०७९ असार ७, मंगलवार ०७:५४

काठमाडौं । जिल्ला अदालत काठमाडौंको परिसरबाट भागेका एक जना लागुऔषध मुद्दाका प्रतिवादी तीन घण्टपछि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार साँझ म्याद थपका लागि लैजाने क्रममा फरार रहेका सप्तरी कचन गाउँपालिका घर भई हाल काठमाडौँको तिलगङ्गा बस्दै आएका अनिल ठाकुरलाई आइतबार राति नै पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले लागुऔषध मुद्दामा म्याद थपका लागि अदालतबाट फरार ठाकुरलाई तीन घण्टापछि कोटेश्वरस्थित आकाशे पुल नजिकबाट पक्राउ गरिएको जानकारी दिए ।अदालतबाट फरार भएसँगै प्रहरीले ललितपुर र भक्तपुर प्रहरीलाई समेत खबर गरी सूक्ष्म तवरले जाँच गर्ने व्यवस्था गरेको थियो भने काठमाडौँको प्रमुख नाकामा सुरक्षा व्यवस्था कडा पारेर खोजेको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर