काठमाण्डौ – बिहीबारदेखि तिहार सुरु भएको छ । तिहार फूलहरुको चाड पनि हो ।
यसवर्ष तिहार ढिलो भएकाले धेरै ठाउँमा सयपत्री, मखमलीलगायतका फूल पहिले नै फुले । तर कतिपय व्यवसायीले भने पात्रो हेरेरै फूल रोपेकाले तिहारकै लागि फूल फुल्न थालेका छन् ।
कोरोनाका कारण यसवर्ष पहिलेजस्तो चहलपहल नहुने भएकाले विदेशबाट फूल आयात नहुने र स्वदेशी फूलले नै पुग्ने व्यवसायीले बताएका छन् । अनलाइनमार्फत घरघरमै फूलमाला पुर्याउने पनि व्यवसायीको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्