जनकपुरधाम, ११ माघ । प्रदेश २ का भूमी, व्यवस्था तथा कृषी सहकारी मन्त्री शैलेन्द्र साहले पिछडावर्गको छुट्टै आरक्षण हुनुपर्ने बताएका छन् ।
शनिवार जनकपुरधाममा पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै मन्त्री साहले सबै वर्गले आरक्षण पाउनुपर्ने बताएका हुन् । उनले जनसंख्याको आधारमा राज्यको हरेक निकायमा पिछडावर्गको छुट्टै आरक्षण हुनुपर्ने बताए ।
‘विगत २२ बर्षदेखि संघर्षरत ओबिसीको सुरुवाती आन्दोलनलाई सम्झिदा अहिले ओबिसीको आन्दोलन मत्थर भएको देखिन्छ’ मन्त्री साहले भने, ‘पिछडावर्गको हक अधिकारका निम्ति संवैधानिक जटिलतालाई छलफल र बहसको माध्यमले टुंग्याउनुपर्छ, संघर्ष गर्नुपर्छ । त्यसको लागि स्वयम म पनि तपाईहरुको साथमा छु । मन्त्रीको हैसियतले नभई पिछडावर्गको हिसाबले साथ छु । म पनि पिछडावर्गमै पर्छु’, मन्त्री साहले भने ।
सामाजिक परिवर्तन विना कुनै समुदायको आर्थिक विकास सम्भव नरहेको उनको भनार्ई छ । पिछडावर्गमा पर्ने जातजाती को कुन पार्टीमा हो त्यसले कुनै सरोकार राख्दैन मन्त्री साहले भने आ–आफ्नै पार्टीमा ओबिसीको आवाज बुलन्द गर्नु महत्वपूर्ण कुरो हो । हाम्रो दृष्टिकोण परिवर्तन नभएसम्म ओबिसीले आफ्नो लक्ष्य प्राप्ति गर्न नसक्ने मन्त्री साहको जिकिर थियो ।
प्रतिक्रिया दिनुहोस्