फाल्गुन-१६ / राजविराज बिद्यालयको समस्त शिक्षक,शिक्षिकाहरुलाई प्रशासनिक अनुशासनको दायरामा राख्ने मुख्य ब्यक्ति प्रधानाध्यापक हुन्छ तर राजविराज स्थित बालमन्दिरका प्रधानाध्यापकले अनुशासनहिनताकै झल्को देखाएका छन।
राजविराजको राजरङ्गशालाकै छेउमा दक्षिण पट्टी रहेको बाल मन्दिरका प्रधानाध्यापक शान्ति झाले विद्यार्थीलाई भुइमा राखी आफू कुर्सीमा मज्जाले लम्पसार भएर बसेकि छिन।
बिद्यार्थीमा शिक्षकले चौतर्फी बिकासका निमित्त महत्त्वपूर्ण भुमिका खेल्ने कार्य गर्छन् ।पाठ्यक्रमको अब्बल ज्ञान र तयारी गराउनुका साथे छात्रछात्रामा संस्कार समेत निर्माण गर्ने भुमिका शिक्षकको हुन्छ ।शिक्षकका नितान्त जिवनका गुणहरु समेत विद्यार्थीले अध्ययन गर्ने र आफ्नो जिवनमा उतार्ने प्रयत्न गरिरहेका हुन्छन् ।यस्तो पाराले यदि विद्यार्थीकै अगाडि व्यवहार देखायो भने भोलिका दिनमा ती छात्रछात्राहरु पनि कुनै नकुनै संस्थामा जिम्मेवारी सम्हाल्न जानेछ ।तसर्थ यस्तो बानीले भोलिका दिनमा विद्यार्थीमा प्रभाव पार्न सक्ने हुँदा सचेत हुनुनै जवाफदेही हुनेछ ।











