फाल्गुन २६, सप्तरी । सप्तरीको कंचनरुप नगरपालिका वडा नं -१२ रुपनगरको ज्येष्ठ नागरिक मिलन केन्द्रको उद्घाटन प्रदेश २का सामाजिक विकास मन्त्रीले गरेका छन।
उक्त भवनको समुदधाटन गर्नुहुदै मन्त्री साहले समाजका समग्र विकास , सामाजिक सद्भाव र ज्येष्ठ नागरिकको सम्मानका लागि यस किसिमका पुर्वाधारहरुको अावश्यकता रहेको वताउनुभएको छ।
उक्त अवसरमा सोही नगरपालिकाका नगर प्रमुख वसन्त कुमार मिश्र,उप प्रमुख निरु पोखरेल, जसपा नेपालका केन्द्रीय सदस्य कल्पना चौधरी, श्यामसुन्दर सरदार लगायतका उपस्थित रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्