जनता समाजवादी पार्टी नेपाल का लोकप्रिय सांसद रामअशिष यादव ले धनौजी गाउँ पालिका को बहुअर्वा गाउँ मा एक समारोह का बीच दलारी महेन्द्र सामाजिक प्रतिष्ठान’ डि एम फाउन्डेसन’ को विधिवत उद्घाटन गर्नुभएको छ।
डिएम स्कुल का संस्थापक सुरेश पंडित ले आफ्नो आमा बाबु को नाममा स्थापना गरिएको समाजिक प्रतिष्ठान ले निकट भविष्यमा यस क्षेत्र को शिक्षा सुधार, पर्यावरण संरक्षण मा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरा प्रमुख अतिथि प्रदेश सांसद यादव ले बताएका छन्।
कार्यक्रम मा बरिष्ठ साहित्यकार प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपाली,प्रदेश सांसद चमेली देवी दास, संत सत्यनारायण आलोक ,जिल्ला अध्यक्ष पशुपति यादव, बरिष्ठ साहित्यकार रामस्वार्थ ठाकुर गांधी,कवि चन्द्रशेखर राय चमन,विश्वका सिंह, पंकज ठाकुर, नेपाल बौद्धिक पेशा कर्मि महासंघ का जिल्ला अध्यक्ष बज्रकिसोर यादव, संजीव स्वामी, समाजसेवी भोगेन्द्र कर्ण सहित का वक्ता हरु प्रतिष्ठान को सबल पक्ष को विषयमा चर्चा गरेका थिए।











