दाङ, १ चैत । दाङमा एक छात्रालाई कक्षाकोठामै यौ’न दुर्व्यवहार गरेको अभियोगमा एक शिक्षकलाई नियन्त्रणमा लिएको छ ।तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ को अमर मावि उरहरीका एक शिक्षकलाई छात्रमाथि यौ’न दुव्र्यवहार गरेको आरोप लागेको हो । ति शिक्षकमाथि बाल यौ’न दुराचारको उजुरी परेपछि पक्राउ गरिएको जनाइएको छ ।
शिक्षकले फागुन २३ गते दिउँसो कक्षाकोठाभित्रै कक्षा ६ मा पढ्ने एक १३ वर्षीया छात्रालाई संवेदनशील अंगमा हातपात गरेको आरोप लागेको छ ।
पीडित छात्राका बुवाले फागुन २६ गते बाल यौ’न दुराचार गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेर दिएका आधारमा उनलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका शिक्षकविरूद्ध दाङ देउखुरी जिल्ला अदालतले घटनाको अनुसन्धान गर्ने जनाएको छ।
प्रतिक्रिया दिनुहोस्