बलिराम कापरी/जनकपुरधाम
धनुषा स्थित हंसपुर नगरपालिका-३ मा प्रदेश नं.-२ को सामाजिक बिकास मन्त्रालयबाट स्वीकृत अस्पताल हंसपुर नपा मेयर राम ज्ञान मण्डल द्वारा स्वास्थ्यचौकीमा प्रसुती अस्पतालको भवन शिलान्यास गरेको छ ।
प्रदेश नं.-२ को सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा तथा हंसपुर नगरपालिकाको समन्वयमा निर्माण हुन गइरहेको कठ्ठपुला स्वास्थ्यचौकीमा प्रसुती अस्पतालको भवन शिलान्यास वडाअध्यक्ष सहकार्यमा गरेको छ ।
सो कार्यक्रममा उपस्थिति हंसपुर नगरपालिका-३ का वडाअध्यक्ष उदय सिंह, वडा ९ का वडाअध्यक्ष नरेश मंडल तथा जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य सुरेन्द्र कुमार मण्डल, केन्द्रिय सदस्य इजराइल रिजीबी, केन्द्रिय सदस्य रमन सिंह र समाजवादी विद्यार्थी युनियन धनुषाका जिल्ला सचिव बलिराम कापरी, संयोजक लालबाबू यादव, संजय सिंह लगायतका पार्टीका विभिन्न नेता तथा कर्याकर्ताहरुको उपस्थितिमा भवन शिलान्यास सु:सम्पन्न भयो ।











