जनकपुरधाम – मधेश को सबभन्दा लामो पदयात्रा परिक्रमामा मिथिला एकता समाज द्वारा भानुचौक शनिबार बिशेश सहयोग कार्यक्रम सप्पन्न गरेका छन।
परिक्रमाको क्रममा जनकपुर स्थित भानु चोकमा विभिन्न क्षेत्र बाट आएका श्रद्धालु तीर्थयात्री हरुलाई सीताराम लेखेका गम्छा ओढाएर सम्मान र चुरा, मिठा, फलफूल तथा नि:शुल्क स्वास्थ्य शिविर द्वारा सहयोग गरेका थिए।

विभिन्न स्वास्थ्य सामग्री को साथ सम्बन्धित चिकित्सक हरु द्वारा जनकपुर भानु चोक परिक्रमा क्षेत्र मा स्वास्थ्य शिविर संचालन गरि नि:शुल्क जाँच तथा नि:शुल्क औषधि वितरण गरि श्रद्धालु हरु लाई समाज का सहभागी समाज सेवीहरु देखि मन्त्री सम्म लाई मिथिला एकता समाज धनुषा नेपाल का अध्यक्ष डि. के चौधरीले सम्मान गरे साथै संघसंस्थाका उपाध्यक्ष अमन यादव तथा सम्पूर्ण टिमले कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि सहयोग गरेका थिए।

सेवा नै धर्म हो मुल नाराका साथ मिथिला एकता समाज पटक पटक गरिब तथा बिपन्न परिवार हरु लाई सेवा र सहयोग गर्दै आएकोछ। मिथिला एकता समाज हाल साउदी कतार दुबई मलेशिया भारत तथा नेपाल मा क्रियाशिल रहेको उपाध्यक्ष अमन यादवले जानकारी गराएका हुन।











