Advertisement

इकरा इस्लामिक ईंगलिश स्कुलको आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

न्युजडेस्क
२०७८ माघ २९, शनिबार १९:४५

जनकपुरधाम, माघ २९ गते। इकरा इस्लामिक ईंगलिश स्कुल जनकपुरधाम १४ को आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविर धनुषाको मिथिला विहारी नगरपालिकाको वडा नं. १० ठेराको मदर्सा नुरुल हँुदा सलफियामा शनिवार राखिएको थियो ।

शिविरमा करीब ३०० जना जतिले स्वास्थ्य परिक्षण गराएका छन् । शिविरमा दाँत,आँखा,छालाको जाँच गरिएको थियो । साथै सोक्रममा जेनरल जाँच,नाककान जाँचसमेत गरिएको थियो ।

शिविरमा डा.रामज्ञान यादव, डा.सबिन साहु,डा कृष्ण यादव, डा.किरण यादव, डा सुजित यादव, डा.अमरेन्द्र यादव, डा.सन्तोष साह, डा.कपिलदेव यादव, डा निमु यादव, डा.विनिता अधिकारी, डा.ललिता र डा.अनिता यादवलगायतको सहभागिता रहेको थियो ।

सो शिविरको अध्यक्षता इकरा इस्लामिक ईंगलिश स्कुलका संस्थापक संचालक मो.कलिम राइनको रहेको थियो । सो क्रममा बौद्धिक पेशाकर्मी महासँघ धनुषाका अध्यक्ष ब्रजकिशोर यादवको समेत सहयोग रहेको थियो । शिविरमा उपस्थित अतिथीहरुलाई मदर्सा नुरुल हँुदा सलफियाले गम्छा ओढाएर सम्मान गरेको छ । शिविरको क्रममा वडाध्यक्ष ललित नारायण झाको पनि उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर