एस टुगेदर वी क्यान द्वारा आयोजित राजनीतिमा पुस्ता हस्तान्तरण विषयक कार्यक्रममा बोल्दै शमशाद आदिलले भने , युवाहरुको राष्ट्रियकरण नभएको बताए। मधेशका अधिकांश क्षेत्र सम्म सूचना सञ्चार को पहुंच नभएको युवाहरुको राष्ट्रको नीति योजना र सेवा सुविधा बाट अनभिज्ञ हुदै गएका छन । सत्य तथ्य सूचनाहरुको पर्याप्त मात्रामा प्रवाह गरेर युवाहरुको राष्ट्रियकरण गर्न आवश्यक रहेको बताए ।
मधेशी आयोगका अध्यक्ष डाक्टर विजय कुमार दत्त को प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा शमशाद आदिलले आफ्नो कुरा जोड्दै भने , सत्य सूचनाको अभावमा नागरिक एउटा रोबर्ट जस्तै हुने गर्दछन । उनलाई राजनैतिक शक्तिहरुले जस्तै सुकै अवस्थामा मनपरि ढंगले प्रयोग गर्न सक्छन ।
राज्यका विभिन्न निकायहरुमा मिनीमम उमेर तोकेको छ तर त्यही पोस्टमा उमेरको हदबन्दी गरिएको छैन जसकारण पनि युवा हरुले आफ्नो भूमिका खेल्न नसकेको बताए ।
युवाहरुले आफ्नो नियत दरुस्त गरेर चौतर्फी परिवेश बुझ्दै आफ्नो हकअधिकारका लागि आवाज उठाउनु पर्ने बताए।युवाहरुलाई राष्ट्रियकरण गर्न कानूनी साक्षरताको अभियान सञ्चालन गर्न आवश्यक रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्