नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायीय समिति सदस्य मातृका प्रसाद यादवको पैतृक गाउँ सबैलामा २००० हजार भन्दा बढी नेता कार्यकर्ताले नेकपा परित्याग गरेका छन्।
धनुषा निर्वाचन क्षेत्र नम्बर १ को विभिन्न गाउँबाट सहभागी नेकपाका नेता तथा कार्यकर्ताहरुले नेकपा परित्याग गरी जसपामा प्रवेश गरेका हुन्। मातृका उक्त क्षेत्रबाट निर्वाचित संघीय सांसद हुन्।
मातृकाको चरम भ्रष्टाचार र जातीवादका कारण नेकपा परित्याग गर्नु परेको जसपामा प्रवेश गरेका हु भने स्थानीय हरुले बताए का छ्न। र बिग्त लामो समय देखि देशमा नेकपा र नेपा शासन गर्दै आएको जनता लाई सोस्न बिरीत मा राखेर शासन गरीरेहेका शासन लाई अन्त गर्न को लागि पार्टी प्रवेश गरेकाक छु भने स्थानीय ले बताउनु भयो।
नेता राईका अनुसार मातृकाले नेकपाभित्रै गुट संचालन गरेको र नयाँ पार्टी बनाउने तयारी गरेकोले आफूहरु नेकपा परित्याग गरेको दाबी गरे।
जसपाले सबैलामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपाबाट २००० हजार भन्दा बढी र नेपाली कांग्रेसबाट ७ सयभन्दा बढीले जसपामा प्रवेश गरेको।
कार्यक्रममा जसपाका वरिष्ठ नेता राजेन्द्र महतो, अनिल झा, प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, संघीय सांसद उमाशंकर अरगडिया, प्रदेश सांसदहरु रामअशिष यादव , मनिष सुमन र चमेली देवी दास लगायतका नेताकार्यकर्ताहरु सहभागी छन्।
प्रतिक्रिया दिनुहोस्