१८ असोज ,धनुषा ।
सत्तारूढ नेकपा विद्यार्थी संगठन अनेरास्ववियू धनुषाले ४१ सदस्यीय जिल्ला कमिटी बनाउने निर्णय गरेको सह-संयोजक शिव चन्द्र झा ले जनाएको छ । साथै संगठनको पछि पनि छलफल गर्न सकिने जनाइएको छ ।
आज केन्द्रिय सदस्य राज किशोर यादव (धनुषा इन्चार्ज) , संयोजक आर.पि. अधिकारी , रोहिता यादव, संजय कुमार महतो ,किरण कापर, रक्की प्रसाद साह , आदित्य सहनी , नजामुदिन हक , आदर्श मंडल र तनविर रेजा राइन लगायत अनेरास्ववियू धनुषा कमिटीका दुई दर्जनौं भन्दा बढी सदस्यको उपस्तिथिमा औपचारिक बैठकले विभिन्न विषय सम्बन्धि समेत छलफल भएको छ।अनेरास्ववियूका विद्यार्थी नेता एवं पुर्व विद्यार्थी पत्रकार कमरेड तनविरले द प्रदेश टाइम्स लाई जानकारी दिए । साथै उक्त छलफल कार्यक्रममा संघठन विस्तार गर्न थप गृह कार्य भइहेको रक्की प्रसाद साहले सम्पादक लाई बताए ।
प्रतिक्रिया दिनुहोस्