• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

संविधानले दिएको अधिकार समेत कटौती भयो : जितेन्द्र सोनल

२०७७ मंसिर ४, बिहीबार २१:११

वीरगञ्ज । प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले तीन वर्षमा ग्रामिण जनतालाई प्रदेश सरकार आफ्नो नजिक भएको अनुभूति गराउन सफल भएको दाबी गरेका छन् । जनअपेक्षा बढी नै भएपनि सीमित स्रोत र साधनका बावजुद प्रदेश सरकारले गरेको काम सन्तोषजनक भएको उनको भनाइ थियो ।

‘गुनासो होइन प्रश्न गरौं’ भन्ने नाराका साथ जवाफदेहिताका लागि हाम्रो अभियानले वीरगञ्जमा तन्नेरीसँग मन्त्री ज्यू कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा तन्नेरीहरुले राखेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री सोनलले संघीयतामा सर्वाधिक आशा गरिएको प्रदेश सरकारलाई संविधानले प्रदत्त गरेको अधिकार समेत कटौती गरेर संघ सरकारले सर्वाधिक कमजोर बनाइदिएको आरोप लगाए ।

‘संघीय व्यवस्थामा समस्या समाधानको प्रस्थान विन्दु प्रदेश सरकार हुने आशा गरिएको थियो, तर संघ सरकारले विभिन्न हस्तक्षेप र अधिकार कटौती गरेर कमजोर बनाइदियो,’ उनले भने, ‘सर्वाधिक आशा गरिएको प्रदेश २ पनि कमजोर बन्न पुग्यो । सरकारहरुबीच समन्वय अभाव, अधिकार क्षेत्रमा गरिने अनावश्यक हस्तक्षेपले गर्दा अपेक्षाकृत रुपमा काम गर्न सकिएन । तरपनि सन्तोषजनक काम भएको छ ।’

संघीयता संस्थागत गर्नका लागि गर्नुपर्ने मुख्य कार्य कानुन निर्माणमा प्रदेश २ सरकार अघि रहेको उनको दाबी छ ।

प्रदेश सरकारले संघियता प्राप्तिका लागि प्राणको आहुति दिने सहिद र घाइतेको सम्मान, उनीहरुको व्यवस्थापन, भौतिक पूर्वाधार विकास र सामाजिक विकासका लागि उल्लेख्य काम गरेको उनले बताए ।

‘प्रथम बैठकबाटै एक सहिद परिवार, एक रोजगारको निर्णय गर्‍यौं, माघ ५ गते बलिदानी दिवसको घोषणा गरेर सार्वजनिक विदा दिएका छौं । दलित सशक्तीकरण लगायत ३६ वटा ऐन ल्याइसकेका छौं । बेटी पढाउ, बेटी बचाउ लगायतक सामाजिक विकासका अभियान छन्,’ उनले भने, ‘हरेक प्रदेश सभा निर्वाचन क्षेत्रमा ५ किलोमिटर सडक बनाउने गरि काम भइरहेको छ । ४ जिल्लामा मझौला सिँचाइ आयोजना सञ्चालनमा छन् । प्रत्येक जिल्लामा दलित छात्रावास बनाएर हस्तान्तरण गर्छौं ।’

जनता आवास कार्यक्रममा डोम चमार मुसहर लगायतका जातिलाई प्राथमिकतामा राखिएको, प्रदेश परिवहन सुरु गर्न लागिएको समेत उनले बताए । सुरुमा मातहतका निकायको अभाव भएको, अहिले आएर कोरोनाका कारण विकासका काम गर्न समस्या भएको र संघीय सरकारका कारण रोजगारका लागि ल्याइएका प्रहरी ऐन जस्ता ऐन कार्यान्वयनमा समस्या भएको उनको भनाइ छ ।

हाम्रो अभियानका संयोजक शिवनाथ यादवको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित तन्नेरीहरुले प्रदेश सरकारले गरेको राम्रा कामहरु के-के हुन् ? बेरोजगारी समस्या समाधान गर्न, शिक्षामा सुधार ल्याउन के-के गर्दैछ ? स्थानीय तहमा देखिएको बेथिती अन्त्य गर्न प्रदेश सरकारको योजना के कस्तो छ ? जन अपेक्षा अनुसार काम नहुनुको कारण के हो ? बाँकी समयमा प्रदेश सरकार कसरी अघि बढ्छ ? लगायतका प्रश्न गरेका थिए ।

सम्बन्धित खवर

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य
प्रदेश विशेष

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

57 years पहिले
ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ
अन्तराष्ट्रिय

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

57 years पहिले
मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले

ताजा समाचार

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

57 years पहिले
ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

57 years पहिले
मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us