नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनमा किशोर प्रधानलाई पराजित गर्दै उहाँ वरिष्ठ उपाध्यक्षमा विजयी हुनुभएको हाे ।
ढकालले एसोसिएटबाट ५२२ मत, वस्तुगतबाट ५९ मत र जिल्ला तथा नगरबाट ५२ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी किशोर प्रधानले एसोसिएटबाट ३७४ मत, वस्तुगतबाट ३९ र जिल्ला तथा नगरबाट ५३ मत प्राप्त गर्नुभयो । महासंघको विधानअनुसार ढकाल अब स्वतः अध्यक्ष बन्नुहुनेछ ।
वरिष्ठ उपाध्यक्षको मतगणनामा ३० प्रतिशत भार बोकेको एशोसिएट तर्फ चन्द्र ढकालले प्रतिष्पर्धी किशोर प्रधानलाई १४८ मतान्तरले पछाडि पार्नुभयो । यसरी एशोसिएटतर्फ चन्द्रप्रसाद ढकालले कुल खसेको मतको ५८.०६४ प्रतिशत मत पाउनुभयो भने प्रधानले ४१.६० प्रतिशत मत पाउनुभयो। ०.२२२ प्रतिशत मत भने बद्धर भएको थियो ।
त्यस्तै २० प्रतिशत भार रहेको वस्तुगत तर्फ पनि चन्द्र ढकालले नै बाजी मार्नुभयो । वस्तुगत तर्फको कुल १०१ भोट खसेकोमा ३ भोट बदर भएको थियो जसमा ढकालले ५९ र प्रधानले ३९ भोट पाएका थिए । यसमा पनि ढकालले प्रधानलाई २० भोटले पराजित गर्नुभएको हाे। ।
त्यस्तै ५० प्रतिशत मतभार बाेकेकाे जिल्ला नगर तर्फ किशोर प्रधानले १ मतले चन्द्र ढकाललाई हराए पनि अन्तिम नतिजा भने चन्द्र ढकालकै पक्षमा रहेको थियो । मतगणनासँगै चन्द्र ढकाल महासंघका वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्