मङ्सिर १७गते /सर्लाही को इश्वरपुर नगरपालिका कुरैनिया टोलमा “जनता आवास कार्यक्रम ” कार्यक्रमका प्रमुख अतिथि प्रदेश न.-२का भौतिक पूर्वाधार विकास मन्त्री मा . जितेन्द्र सोनलज्यु द्वारा समुद्धघाटन कार्यक्रम समपन्न भएको छ ।
यस कार्यक्रममा संघीय सांसद मा.प्रमोद साह , जसपा का प्रमुख सचेतक मा.परमेश्वर साह, प्रदेश सभा सदस्य तथा जनता आवास कार्यक्रमको जिल्ला संयोजक मा. नीरा साह ,मा.गौरीशंकर साह ,मा.अशोक यादव ,पुर्व संबिधान सभा सदस्य केदारनन्दन चौधरी , किरन यादव , जिल्ला समन्वय समिति का अध्यक्ष मेथुर चौधरी ,राम प्रवेश,महेश पासवान , बैठा,विद्यार्थी नेता महेश यादव , जनता समाजवादी नेपालका केन्द्रीय सदस्यहरु ,जिल्ला न.पा. अध्यक्षज्युहरु, पार्टीका नेता कार्यकर्ता एवं ईस्वरपुर नगरपालिका का जनसमुदाय हरुको उपस्थिति रहेको थियो ।
यस जनता आवास कार्यक्रम द्वारा मुसहर समुदाय को लगभग चार सय (४००) घर निर्माण भएको र नौ सय घर थप निर्माण हुने शहरी विकास भवन का प्रमुख विनोद यादव ले जानकारी गराउनु भएको थियो ।
प्रमुख अतिथि माननीय मन्त्री जितेन्द्र सोनल ज्युलाई त्याहाका स्थानीय बासीहरुले भब्य रुपले स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्