जनता समाजवादी पार्टी (जसपा) का नेता शरदसिंह भण्डारी र प्रदेश २ का भौतिक पुर्वाधारमन्त्री जितेन्द्र सोनलले महोत्तरीको औरही नगरपालिकामा पुलको शिलान्यास गरेका हुन्।
![](https://thepradeshtimes.com/wp-content/uploads/2020/12/FB_IMG_1607087306509.jpg)
औरही नगरपालिका २ फुलवरीया र गौशाला निगौल जोड्ने जङगा नदीमा १२ करोड ६५ लाख ७ हजार ८ सय ५७ रुपैँयाको लागतमा निर्माण हुन लागेको पुलको भण्डारी र मन्त्री सोनलले शुक्रवार पुजापाठ गरि शिलान्यास गरेका छन्।
![](https://thepradeshtimes.com/wp-content/uploads/2020/12/FB_IMG_1607087312057.jpg)
२०७९ सालसम्म सो पुल निर्माण भइसक्ने गरी ठेक्का सम्झौता भएको छ।पुल शिलान्यासपछि नदी तरेर बाटो हिड्ने र घुमौरो बाटो भएर आवातजावत गर्ने त्यहाका स्थानीयहरु गदगद भएका छन्।
यस शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्यहरु जैनुल राईन, कौशल किशोर यादव ,जानकी शरण साह लागायतका उपस्थिती थियो।
प्रतिक्रिया दिनुहोस्