जनकपुरधाम मा बौधी अस्पताल उदघाटन सम्पन भएका छन। जनकपुरधाम उ म न पा १३ को ज्ञानकुप स्कुल अगाडि रहेका मा बौधी अस्पतालको उदघाटन कार्यक्रम सम्पन्न भएका छ्न।
प्रदेश नं २ का कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहा ले फिता काटी उदघाटन गरेको थिए।कार्यक्रममा नेपाली काङ्ग्रेसकी नेत्री माननीय मन्जु यादव सहभागि भएका थिए।
उद्घाटन गर्दै मन्त्री कुशवाहाले अहिले जनसंख्याको अधार अस्पतालको अभाव छ । तर यसरी अस्पताल संचालनमा आएपाछि मानिसहरु सहजरुपमा स्वास्थ्य सेवा पाएपाछि अकालमै मृत्यु नहुने र अस्पतालबाट मानिसहलाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान यो मा बौधी अस्पताल गर्छ। मन्त्री कुशवाहा जानकारी गराएका थिए।
मा बौधी अस्पताल का संचालक राम किशोर महतोले अहिलेको अवस्थामा नेपालका नागरिकहरुको स्वास्थ्यमा विभिन् किसिमको समस्या आउने गरेका छन् । तर सस्तोमा गुणस्तरीय सेवा दिने अस्पतालहरुको कमी बाएको मा बौधी अस्पताल का संचालक ले बताउनु भएका थिए।
कोरोना महामारीको बेला धेरै जसो अस्पतालहरुले बिरामीलाई भर्ना नलिने र एम्बुलेन्स सेवापनि नदिने गरेको देखिएका थिए तर हामी हरेक किसिमको विरामीहरुका लागि हामी संग भएको हरेक सेवा २४औं घण्टा उपलब्ध गराउने संचालक महतोले बताए ।
अस्पतालमा जेनेरल, फिजिसियन, अल्ट्रासाउण्ड, एक्सरे, इमर्जेन्सी लगायतका सेवाहरु रहेका छन् । अस्पताल संचालनमा आएपछि आसपासका क्षेत्रका जनताहरुको स्वास्थ्य सेवामा सुधार आउने विश्वास दिलाउ छु भने संचालक महतो ले जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्