जनकपुरधाम / माननीय रेशम चौधरीको फैसला प्रति युवा नेता धिरु यादव आपत्ति जनाउदै भन्छ्न न्याय मरेको देश,थारु मधेसी शीत पुर्बाग्राही,बिभेद,अपमान र सोसन गर्ने प्रबृत्ति मानसिकता बोकेको सासकहरुले हामि जनतालाई कहिले पनि न्याय दिन सक्दैन ।
यो देशको सत्ता राज्य ब्यबस्था सबै एकल नस्लिय सोचबादीहरु चलाई रहेका छ्न र जनताहरु प्रती सोसन दमन गरि रहेका छन,भने कसरी हामी बिश्वास गरौ कि सयौं थुङा फुलका हामी एउटै माला नेपाली हो।
नश्लवादी राज्यव्यवस्था भएको नेपालमा न्यायलय पनी तिनीहरूको न्यायधिश पनी तिनीहरूको र न्याय गर्ने पद्दती पनी तिनीहरू अनुकुल भए पछी न्याय पनी तिनीहरूले मात्र पाउने हो,हामिले होईन ।
नश्लवादी सरकार को नश्लवादी न्यायप्रणाली रहुन्जेल सम्म माननिय रेशम चौधरीले न्याय पाउदैनन । उनको न्यायका निम्ती हामीले एक चोटि आरपार को लडाई लडाई लडनै पर्छ ।
प्रतिक्रिया दिनुहोस्