संसद विघनटनको प्रस्तावपछि पोखरास्थित पृथ्वीनारायण क्याम्पस अगाडी विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।
अनेरास्ववियु, अखिल क्रान्तिकारी र जनता समाजवादी पार्टी समर्थित विद्यार्थी संगठनले संयुक्तरुपमा पुत्ला जलाउँदै प्रधानमन्त्री ओलीको सर्वसत्तावादविरुद्ध प्रदर्शनसमेत गरे । उनीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । यद्यपि, विद्यार्थीहरुले पुत्ला जलाउँदै प्रदर्शन जारी राखेका छन् ।
विद्यार्थीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा केहिबेर अवस्था असमान्य बन्यो । प्रहरीले बल प्रयोग गर्दा विद्यार्थीहरुले क्याम्पसभित्रबाट ढुंगा हानेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले थप बल झिकाएको छ ।
यसैबीच, प्रम ओलीको कदम विरुद्ध अबको केही छिनमा महेन्द्रपुलमा प्रदर्शन गर्ने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्