जनकपुरधाम : जसपाले विरोधका कार्यक्रम निरन्तर जारी राखेको छ । जसपाको पुर्व निर्धारित विरोधका कार्यक्रम बमोजिम जनकपुरधाममा आज पनि विरोध प्रर्दशन गरिएको छ ।
प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटन गरेको र त्यस माथी अलिकति पनि बिचार नगरि राष्ट्रपती विद्यादेवी भण्डारी लालमोहर लगाएपछि देश भरिमै त्यस निर्णयको चर्को आचोलना भइरहेको छ । प्रदर्शनमा प्रदेश सांसद परमेश्वर साह, जसपा प्रदेश सदस्य शेषनरायण यादव, जसपा धनुषा जिल्ला अध्यक्ष पशुपति यादव, घन्शयाम यादव, उमेश निराला दिनेश यादव बिकास यादव सहित जिल्लाका नेताहरुका साथै युवा र विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।
जसपा मात्र नभई नेपाली कांग्रेस र नेकपाको प्रचण्ड–नेपाल समुह समेत सरकारको विरोधमा सडकमा उत्रिएको अवस्था छ । एता राजावादी शक्तिहरु समेत सडकमा छन् । प्रधानमन्त्री ओलीको कदम पछि देश पुनः अनिर्णयको बन्दी बनेको विश्लेषण भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्