माघ १० गते,जनकपुरधाम। संघियताका प्रनेता एवं मधेश मसिहा स्व. गजेन्द्रनारायण सिंहको १९अौं जनकपुरमा दिवस मनायो ।

पुन्यतिथिको अवसरमा गजेन्द्रनारायण सिंह अध्यनकेन्द्र धनुषाद्वारा अायोजित अधिकार पहिचानको संघर्ष र गजेन्द्रनारायण सिंह विषयक अन्तरक्रिया कार्यक्रममा वोल्नुहुदै प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले नेपालमा जवसम्म मधेशी रहिरहन्छ तवसम्म गजेन्द्रनारायण सिंह अमर रहिरहने वताएका छन। उनले गजेन्द्रनारायण सिंहकै कारण देशमा सघियता अाएकोले यसको रक्षार्थ सवैमिलि लाग्नुपर्ने वताए।

कार्यक्रममा प्रदेश सभा सदस्य सुरिता साह र परमेश्वर साहले देश अहिले गजेन्द्र पथमा गएकोले राष्ट्रले उनको सम्मान गरिरहनुपर्नेमा जोड दिए।
अध्यनकेन्द्र धनुषाको संयोजक संजय सिंहको अध्यक्ष्ातामा सम्पन्न कार्यक्रममा जसपा केन्द्रीय सदस्य विभा ठाकुर,रामप्रसाद गिरि,संजय चौधरी , ममता चौधरी लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्