नुवाकाेट । नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल चढेको गाडी नुवाकोटमा तोडफोड भएको छ ।
नुवाकोटको बट्टारमा राखेको कार्यक्रममा सहभागी हुन आउनुभएका उपप्रधानमन्त्री पोखरेललगायतका नेताहरुलाई प्रचण्ड–नेपाल समुहका कार्यकर्ताले कालो झण्डा देखाएका थिए । साेहि क्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल चढेको गाडीमाथि तोडफोड भएकाे हाे ।
उपप्रधानमन्त्री पोखरेललाई कालो झण्डा देखाउने क्रममा प्रचण्ड-नेपाल पक्षका विनोद कोइराला, प्रदीप भट्ट, दिपेश चित्रकारलगायत ५ जना सामान्य घाइते भएको प्रचण्ड नेपाल समूह निकट राष्ट्रिय युवासंघका सुरेश अधिकारीले जानकारी दिए ।
ओली समूहले नुवाकोटको बट्टारमै सभाको आयोजना गरेको छ । सो सभामा पोखरेलसहित ऊर्जामन्त्री टोपबहादुर रायमाझी, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतले सम्बोधन गर्ने बताइएको छ ।
गत पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–माधव समुहले काठमाडौं लगायत देशका विभिन्न ठाउँमा दैनिक रुपमा विरोध कार्यक्रम गर्दै आइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्