महोत्तरी / फाल्गुन १० प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाद्वारा आफ्नो निर्वाचन क्षेत्रको रामगोपालपुर नगरपालिका अन्तर्गत विभिन्न स्थानमा विभिन्न संरचना निर्माणका लागि शिलान्यास गरेका छन्।
रामगोपालपुर वडा नं.५ दुर्गा मन्दिरको प्रगनमा १० लाखको लागतमा मंच निर्माण , वडा नं.७ ससौलामा १५ लाखको लागतमा सामुदायीक भवन निर्माण ,वडा नं.९ गोठमा १० लाखको लागतमा ब्रह्यमस्थानमाको कम्पाउन्ड वाल निर्माण को लागि शिलान्यास गरिएको हो ।


उक्त शिलान्यास कार्यक्रममा रामगोपालपुर नगरपालिका नगर प्रमुख अशोक मण्डल , वडा – ५ का वडा अध्यक्ष जितेन्द्र चौधरी, जसपा पार्टीका क्षेत्रीय संयोजन (ख)रामसागर मण्डल, संघीय परिषदका सदस्य गुडु झा, श्याम यादव, रामबाबु मंडल, लागायत स्थानिय नेता तथा कार्यकर्ता समेतको उपस्थिति रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्