• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

मैथिली गीत-संगितको वर्तमान अवस्था

२०७९ श्रावण १९, बिहीबार १०:३१
मैथिली गीत-संगितको वर्तमान अवस्था

✍️ गेना यादव

छन्द वा लयमा मिलाएर गाउन वा गुनगुनाउन सकिने साहित्य गीत हो। गीतमा शब्द, लय र स्वरको उत्तिकै महत्त्व रहेको हुन्छ। वरिष्ठ संगितकार अम्बर गुरुङले गीतलाई “शाब्दिक सरलता, मार्मिक कलाकारिता झल्केको हृदयको स्पन्दनदेखी निस्किएको भाव” को रुपमा व्याख्या गरेका छन्।
सांगीतिक दृष्टिकोणले मैथिली एक समृद्ध भाषा हो। मैथिलीमा बच्चाको जन्म भएदेखि मृत्युसम्मका विभिन्न अवसरहरुमा गाउन सकिने गीतहरु रहेका छन्। जस्तै: न्वारनको गीत, मुन्डनको गीत, विवाहको गीत, निर्गुन (मृत्युपछि गाइने गीत) आदि। यी गीत-संगितहरुले मैथिली भाषालाई समृद्ध एवम् जीवन्त बनाएको छ। यसै सन्दर्भमा मैथिली भाषाका प्रसिद्ध संगितकार एवम् गायक धीरेन्द्र प्रेमर्शी भन्नुहुन्छ:
मानैत छी जे नइ अछि अक्खन, दुनियाकेर भूगोलमे
तैयो हमसभ बचाकऽ रखलहुँ जकरा माइक बोलमे
सोहर, लगनी, जटाजटिन कि झिझिया, साँझ, परातीमे
एकहकटा मिथिला जीबैए, एकहक मैथिल छातीमे

करिव एक दशक अधि मैथिली गीत-संगितहरुमा जून किसिमको मौलिकता र मिठास पाइन्थ्यो, त्यो अब बिरलै पाइन्छ। संगितको ‘स’ नजानेका, खस्रो आवाज भएका स्वघोषित गायकहरुको बिगबिगी दिनानुदिन बढिरहेको छ। औपचारिक शिक्षा नै नलिइकन स्वतः संगितकार र गायक बन्ने भएपछी उनिहरुको संख्या बढ्नु स्वाभाविक पनि हो। अश्लील, पैरोडी र दुईअर्थी गीतहरुले हाम्रो भाषा र संस्कृतिलाई प्रत्यक्षरुपमा असर पारेको हुन्छ। विगतका केही वर्षहरुमा यस्ता गीतहरुको संख्यात्मक वृद्धिले मैथिली सांगितिक क्षेत्रमा प्रत्यक्ष असर परेको छ। मौलिक गीत-संगितको सिर्जनमा ह्रास आएको र विद्यमान मौलिक गीत-संगीतहरुको संरक्षण हुन नसक्दा यस्ता गीत-संगितहरु केही वर्षमै लोपोन्मुख अवस्थामा पुग्ने कुरा निश्चित छ।

तेस्रो दर्जाका गायकहरुको बिगबिगीले यस्ता गीतहरु दिनानुदिन फस्टाउँदै गएको छ। अश्लील र दुईअर्थी गीतहरु मार्फत हाम्रा चेलीहरुको दिनहुँ बलात्कार गरिरहेका यस्ता गायकहरुलाई कानुनी दायरामा ल्याउन सक्ने सरोकारबाला निकायहरु पनि यस विषयमा मौन देखिन्छन्। स्वनामधन्य व्यक्तित्वहरु, साहित्यकार एवम् भाषा अभियानीहरु पनि यस विषयमा बोलेको कमै पाइन्छ। त्यसमा पनि tiktok जस्ता सामाजिक संजालहरुले यस्ता गीत-संगितहरुलाई बढाबा दिएको पाइन्छ। Tiktok मा बढी लाइक र कमेन्ट पाउने आशमा हाम्रा चेलीहरु अश्लील गीतहरु आफ्ना अंगहरुको प्रदर्शन गरिरहेको सजिलै पाउन सकिन्छ। यस्ता क्रियाकलापले हाम्रो समाजमा नाकारात्मक असर परेको छ र हाम्रो भाषा-संस्कृती संग भद्दा मजाक भएको छ।

यस प्रवृतिलाई समयमै रोक्न सकिएन भने मैथिली सांगितिक क्षेत्रको भविष्य अन्धकारमा हुने कुरा निश्चित छ। यसका लागि अनेकौं समाधानका उपायहरू अवलम्बन गर्न सकिन्छ। जस्तै:
(क) तेस्रो दर्जाका गायकहरुलाई यथाशीघ्र कानुनको दायरामा ल्याई उनीहरुले गाएका गीतहरुलाई सामाजिक संजालबाट यथाशीघ्र हटाउनु (डिलिट गर्नु) पर्दछ,

(ख) दर्ता नभएका म्युजिक स्टुडियोहरुलाई बन्द गरिनुपर्दछ,

(ग) केही पैसाको लोभमा जोकोहीलाई पनि गाउन मौका दिने म्युजिक स्टुडियोहरुलाई कार्वाही गर्नुपर्दछ,

(घ) औपचारिक शिक्षा प्राप्त गरेका एवम् क्षमतावान गायकहरुलाई मात्र साङ्गितिक कार्यक्रमहरुमा निमन्त्रणा दिनुपर्दछ,

(घ) समाजमा गीत-संगितसम्बन्धी चेतना फैलाउन चेतनामूलक कार्यक्रमहरुको आयोजना गर्नुपर्दछ,

(ङ) विवाह, पार्टीजस्ता अवसरहरुमा अश्लील, दुईअर्थी एवम् पैरोडी गीतहरु बजाउनमा रोक लगाउनुपर्छ। यस्ता कार्य गरेमा उचित सजाय/ जरिवाना तोकिनुपर्छ,

(च) टिकटक जस्ता सामाजिक संजालहरुलाई ब्यान गराउन सबजना मिलि पहल गर्नुपर्दछ।

(छ) सेन्सर बोर्डको स्थापना गरि बिना अनुमती गीत गाउन रोक लगाउनुपर्छ। सेन्सर बोर्डबाट पास भइसकेपछी मात्र गित गाउन दिनुपर्छ।

(ज) दुईअर्थी, पैरोडी तथा अश्लिल गीतहरुलाई पुर्ण रुपमा बन्देक लगाउनुपर्दछ। मोलिक गित-संगितको सिर्जनामा प्रोत्साहित गर्नुपर्दछ। आदि।

तसर्थ यस विसंगतिलाई रोक्न हामी सम्पुर्ण सम्पुर्ण मैथिली भाषीहरु जागरुक हुनु आवश्यक छ।

सम्बन्धित खवर

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले

ताजा समाचार

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech