आमिन राइन
जनकपुरधाम, पुस ७ गते। जनता समाजवादी पार्टी नेपाल धनुषाका अध्यक्ष पशुपति यादवले जनकपुर बोल्ट्सका समर्थकहरु माथी गरिएको संघातीक आक्रमणका दोसीलाई कार्वाहीको माग गरेका छ्न।
अध्यक्ष यादवले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल प्रीमियर लिग Npl मा जनकपुर बोल्टस र सुदुरपश्चिम रोयलका बिच भएको फाइनल मैच हेर्न पुगेका जनकपुर बोल्ट्सका समर्थकहरु माथी एकल जातीय, नश्लियवादी चिन्तनका केही अराजक र उप्दायी समुहद्वारा जनकपुर बोल्ट्सका समर्थक गरिएको आक्रमण प्रती ध्यानाकर्षण भएको जनाएको छ।
साथै NPL को पहिलो संसकरणमा जनकपुर बोल्ट्सले उपाध्य हासील गरेकोमा जनकपुर बोल्ट्स सम्पूर्ण खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा लिगमा सहभागी उर्जाशील समर्थक र शुभचिन्तक लगाएत सम्पूर्णमा जसपा नेपालले हार्दिक बधाई तथा शुभकामना सहित व्यक्ति गरेका छ्न।
प्रतिक्रिया दिनुहोस्