जनकपुरधाम । नेपाल प्रिमियर लिग समापनपछि मधेशी समुदायका केही युवकहरुमाथि नश्लिय विभेद सहित आक्रमण गरेको भन्दै कारवाहीको माग गरिएको छ ।
नेपाल प्रीलियम लिग npl को क्रममा फाइनल म्याच जनकपुर बोल्टस जितेपछि सुदुरपश्चिम रोयल्सका फ्यानहरुले जनकपुर बोल्टसका केही समर्थकहरुलाई सम्प्रादायिक विभेद गरेको भन्दै जनकपुरमा विरोध प्रदर्शन गरिएको छ ।
आईतबार अपरान्ह जनकपुरको भानुचोकस्थित विद्यार्थी नेताहरुले विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले भिडियोमा आक्रमण गर्ने व्यक्तिहरु प्रष्ट देखिएकोले प्रहरीले यथाशिघ्र कारवाही प्रक्रिया अगाडी बढाउन जिल्ला प्रशासन कार्यलय प्रमुखलाई ज्ञापनपत्र बुझाउदै काडा कार्वाहीको माग गरको छ ।
प्रतिक्रिया दिनुहोस्