ललितपुर । आपराधिक लाभको मुद्दामा मुछिएकी निलम्बित प्रहरी इन्स्पेक्टर विनु शाही ५ लाख धरौटीमा छुटेकी छिन् ।
ललितपुर जिल्ला अदालतकी न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले उनलाई सोमबार धरौटीमा छाड्न आदेश गरेको अदालतका सूचना अधिकारी रामसजीवन महतोले जानकारी दिए ।
उनका अअनुसार प्रहरीको फरार सूचीमा रहेकी शाही आइतबार निवेदन लिएर ललितपुर जिल्ला अदालतमा उपस्थित भएकी थिइन् ।आइतबार बयान नसकिएपछि उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको थुनामा पठाइएको थियो ।सोमबार बयान सकिएपछि उनलाई धरौटीमा छाडिएको हो ।
इन्द्रकुमार राईको जाहेरीले भीमादेवी थापासहित ६ जनाविरुद्ध आपराधिक लाभको मुद्दा दायर भएको थियो । सोही मुद्दामा शाही फरार थिइन् ।प्रहरी प्रभाग भैँसेपाटीमा कार्यरत रहेको बेला उनले एक व्यवसायीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै हनिट्र्याप समूहसँग मिलेर रकम असुलेको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्