सिरहा। जनता समाजवादी पार्टी नेपालको मधेश प्रदेश सांसद सहिदा खातुन र उनको परिवारमाथि गोलबजार–१३ दुर्गापुरमा एमाले र माओवादी कार्यकर्ताहरूले संघातिक हमला गरेका छन्।
जसपा नेपालका नगर अध्यक्ष हरिनारायण यादवका अनुसार, दुर्गा पूजा क्रममा भएको झगडाका कारण फरार रहेका एमाले र माओवादी कार्यकर्ताका अभिभावकहरु सांसद खातुनसँग कुरा गर्न आएका थिए।
तर, अचानक एकदर्जन एमाले र माउवादीका कार्यकर्ता लाठी र भाटासहित आएर आक्रमण गरेका थिए। याे सव याेजना बनाएर सांसद खातुन लगायत परीवारजनलाई कुटपिट गर्ने उदेश्यका साथ आएको आरोप लगाएका छन।
सांसद खातुनका अनुसार, उनीसहित उनका श्रीमान्, दजु भाइ, बुहारी, र अन्य परिवारका सदस्यहरू घाइते भएका छन्। घाइतेहरूको गोलबजारस्थित बर्धमान अस्पतालमा उपचार भइरहेको छ भने एकजनालाई थप उपचारका लागि विराटनगर पठाइएको छ।
घटनापछि आक्रोशित गाउँले, नेता कार्यकर्ता , र आफन्तले गोलबजार नजिक चार घण्टा हाईवे जाम गर्दै दोषीलाई पक्राउको माग गरेका थिए। प्रहरीद्वारा दुईजनालाई पक्राउ गरीएकाे छ भन्ने चार घण्टाभित्र दोषी सबैलाई नियन्त्रणमा लिने सहमति भएपछि प्रदर्शन अन्त्य भएको छ। हाल घटनास्थलमा स्थिति सामान्य रहेको र घाइतेहरूको उपचार जारी रहेको छ।
प्रतिक्रिया दिनुहोस्