जनकपुरधाम,पुष १० गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा असहायको सहारा बन्दै गएको मानव सेवा आश्रमको भवन निर्माणका लागि प्रयास थालिएको छ।
मानवता प्रबर्द्धन महाअभियानमा समर्पित मानव सेवा आश्रमका संस्थापक अध्यक्ष बरिस्ठ समाजसेवी रामजी अधिकारीको संयोजन मानव सेवा आश्रम जनकपुरधाम शाखामा भएको विशेष बैठकमा मधेश प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री सरोज यादव,प्रदेश सांसद रामअशिष यादव, जनकपुरधाम स्वर्गद्वारी निर्माता समाजसेवी पवनकुमार सिंघानिया सहित स्थानीय समाजसेवी ,व्यवसायीहरु उपस्थित रहेका छन।
बैठक पछि भौतिक पुर्वाधार विकास मन्त्री यादव र प्रदेश सांसद यादव सहितले जनकपुरधाम उपमहानगरपालिका वार्ड नं १२ सिक्सलेन रोड छेउमा मधेश सरकारको सहयोगमा मानव सेवा आश्रमको भवन निर्माण हुने सम्भावित स्थललाई स्थलगत निरिक्षण गरेका छन।
मन्त्री यादव र प्रदेश यादवले आफुहरुले मानव सेवा आश्रमको भवन निर्माण का लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।
जनकपुरधामस्थित संचालित मानव सेवा आश्रममा ६० जना असहाय ,असक्त, मानसिक अवस्था गुमेका ६० जना आश्रय पाएका कुरा आश्रमका प्रमुख सुमन वर्तौलाले जानकारी दिएका छन।
प्रतिक्रिया दिनुहोस्