• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

शिक्षालाई श्रम, रोजगारी र देशभक्तिसंग जोड्नुपर्छ : उपराष्ट्रपति यादव

२०८१ पुष १५, सोमबार १७:२२
शिक्षालाई श्रम, रोजगारी र देशभक्तिसंग जोड्नुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं । सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले शिक्षालाई साक्षारतामा मात्रै सीमित नराखी यसलाई श्रम, रोजगारी र देशभक्तिसंग जोड्नुपर्ने बताउनु भएको छ । उहाँले समाजमा सबैमा समानताको भावना जागृत गर्ने एवम् देशको विकास र समृद्धिमा सहयोग गर्ने माध्यम पनि शिक्षा नै भएको बताउनु भएको छ ।

उपराष्ट्रपति यादवले उदयपुर चौदण्डीगढी नगरपालिका–८ स्थित श्री सरस्वती मावि सावाको स्वर्ण जयन्ती समारोहलाई सोमबार सम्बोधन गर्दै पछिल्लो समय बदलिँदो विश्व परिवेश र प्रविधि युग अनुरुप शिक्षा प्रणाली, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण विधि र शिक्षण सिकाइ क्रियाकलाप आदि परिस्कृत र परिमार्जित गर्दै व्यवहारिक बनाउन उत्तिकै आवश्यक रहेको उल्लेख गर्दै शिक्षाको महत्वमा जोड दिनुभएको हो ।

‘शिक्षा भनेको समाजको आधारभूत स्तम्भ हो, जसले मानिसलाई आत्मनिर्भर, सशक्त र सचेत नागरिक बनाउँदछ ’उहाँले भन्नुभयो, ‘ज्ञान, सही व्यवहार र सीप एवम् विद्या प्राप्त गर्ने महत्वपूर्ण प्रक्रिया पनि शिक्षा नै हो । यसले हामीलाई जीवनको कठिन समयमा चुनौतीहरुको सामना गर्न सहयोग गर्दछ ।’ उहाँले शहरमा शिक्षा प्राप्त गर्नु सजिलो भएपनि दुर्गम गाउँमा अझै पनि धेरैको पहुँचमा यो नरहेको उल्लेख गर्दै खासगरी, छोरी चेलीहरुलाई कम उमेरमै शिक्षाबाट बञ्चित गराएको अझै पनि पाइने गरेकोले यसतर्फ सबैको ध्यानाकृष्ट हुन जरुरी रहेको बताउनु भयो ।

‘शिक्षाले व्यक्तिलाई सभ्य र संस्कारयुक्त जीवन जिउने गरी रुपान्तरण गर्न सक्नु पर्दछ’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘सदाचार, मर्यादित र असल बानी–व्यवहार एवम् आचरण देखाउने गरी व्यक्तित्व निर्माण आजको आवश्यकता हो ।’ उहाँले शिक्षाले श्रमलाई पनि सम्मान गर्न सिकाउने बताउनु भयो । ‘शिक्षासहित हरेक क्षेत्रमा ‘विविधतामा एकता, हाम्रो मौलिकता’, पहिचानलाई सर्वस्वीकार्य र सर्वसम्मत बनाउँदै अघि बढ्न सक्नु पर्दछ ’ उहाँले भन्नुभयो ।

उपराष्ट्रपति यादवले दूर्गममा भएर पनि सरस्वती माविले शिक्षाको महत्वपूर्ण उद्देश्यहरुलाई आत्मसात गर्दै गुणस्तरीय शिक्षाको प्रवर्धन गर्नमा सहयोगि भूमिका निर्वाह गरिरहेकोमा विद्यालयको प्रशंसा गर्नुभयो । ‘यहाँका शिक्षकवर्ग, विद्यार्थी, कर्मचारी लगायतको अथक प्रयास र समर्पण प्रशंसनीय छ’उहाँले भन्नुभयो, ‘तपाईंहरुले यस विद्यालयलाई एउटा प्रतिष्ठित संस्थानको रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहनु भएको छ । यस स्वर्ण जयन्ती समारोहमा, म यहाँका सम्पूर्ण विद्यार्थीहरूलाई विशेष सन्देश दिन चाहन्छु – तपाईंहरू नै देशको भविष्य हुनुहुन्छ । तपाईंहरूको मेहनत र लगनशीलताले मात्र समाज र राष्ट्रको प्रगति सम्भव छ । तपाईंहरु आफ्नो अध्ययनप्रति निष्ठावान एवम् लगनशिल रहनुहोस् र जीवनका हरेक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने प्रयास गर्नुहोस् ।’

उपराष्ट्रपति यादवले विद्यालयले आगामी वर्षहरूमा शैक्षिक गुणस्तरलाई अझ सुधार गर्ने योजनामा जोड दिँदै आधुनिक प्रविधिको प्रयोगमा आधारित शिक्षालाई थप प्रभावकारी बनाउन र विद्यार्थीहरूको समग्र विकासमा ध्यान दिने लक्ष्यका साथ अघि बढ्न सक्नु पर्ने बताउनु भयो । ‘साथै, विद्यालयको पूर्वाधार सुधार गर्ने र विद्यार्थीहरूको लागि थप शैक्षिक सामग्रीहरू उपलब्ध गराउने योजना पनि विद्यालयले बनाउन सक्नु पर्दछ ’उहाँले भन्नुभयो, ‘यसमा शिक्षक, अभिभावक, स्थानीय सरकार लगायतको भूमिका पनि आवश्यक छ ।’

उहाँले विद्यालयले गुणस्तरीय पठनपाठनको माध्यमबाट समायानुकुल शिक्षा प्रदान गर्दै समाज र मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनमा थप सक्रिय भूमिका निर्वाह गर्नेछ भन्नेमा आफू विश्वस्त रहेको समेत बताउनु भयो । ‘मध्यकालिन इतिहास समेत बोकेको भनिएको यो चौदण्डीगढी नगर/क्षेत्र तत्कालिन अवस्थामा सेनहरुको अधिपत्यमा थियो भने कार्यकारी रुपमा किरातहरुले स्थानीय शासन संचालन गरेको ऐतिहासिक भूमि पनि हो ’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘आदिवासी जनजाति बहुल यो क्षेत्रभित्र प्रचलनमा रहेका मौलिक, रैथाने, परम्परागत र सांस्कृतिक चण्डी नाच र हुर्रा नाच लगायतको संरक्षण र सम्बद्र्धनमा सबैको ध्यानाकृष्ट गर्न चाहन्छु ।’

उहाँले विद्यालयमा हालसम्म योगदान पुर्याउनु भएका विद्यालयका संस्थापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, प्रधानाध्यापक, शिक्षक, अभिभावक, कर्मचारी, विद्यार्थी भाइबहिनीहरु, शिक्षाप्रेमी, सहयोगी हातहरु, समाजसेवी एवं सम्पूर्ण शुभचिन्तकहरु तथा विद्यालयको स्वर्ण जयन्तीका अवसरमा पुरस्कृत एवम् सम्मानित हुनु भएकाहरुलाई हार्दिक बधाई दिँदै विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech