काठमाण्डौ – आज सुनको भाउ ६ सय रुपैयाँले घटेको छ । आज सुनकाे भाउ ६ सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अघिल्लाे काराेबार दिन अस्ति आइतवार सुनको भाउ तोलाको एक लाख ५० हजार दुई सय रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ २५ रुपैयाँले घटेर ताेलकाे एक हजार सात सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्