जनकपुरधाम । जनकपुर जेसीजको ४२औँ अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट जेसीजको अध्यक्षमा मुकेशकुमार साह निर्वाचित भएका छन् । शनिबार साँझ भएको निर्वाचनमा साह १२७ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्दी उपेन्द्र कुमार साहले ५० मत ल्याए ।
कार्यकारिणी उपाध्यक्षमा ओमप्रकाश साह र मनोहर ठाकुर निर्वाचित भएका छन् । यसैगरी उपाध्यक्षमा राजेश ठाकुर, रामसोगारथ साह, अमरेन्द्र साह र सुबोध ठाकुर निर्वाचित भएका हुन् । नवनिर्वाचित अध्यक्षले महासचिव र कोषाध्यक्ष चयन गर्नेछन् ।
कुल १८१ मत खसेको जनकपुर जेसीजको निर्वाचनमा ४ वटा मत बदर भएको थियो ।
प्रतिक्रिया दिनुहोस्