जनकपुरधाम पुस २४ गते। मधेश प्रदेशको राजधानी जनकपुरमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
आमसञ्चार प्राधिकरणद्वारा आयोजित कार्यक्रमको अध्यक्षता श्यामसुन्दर यादवले गर्नुभएको थियो भने प्रमुख अतिथि संचार मन्त्री राजकुमार लेखीले कार्यक्रमलाई उद्घाटन गर्नुभयो। मन्त्री लेखीले साइबर सुरक्षा र ए. आइ. को महत्व र उपयोगिताबारे जानकारी गराउँदै, वर्तमान डिजिटल युगमा यी क्षेत्रका विषयमा छलफल गर्न आवश्यक रहेको बताउनुभयो।
विशिष्ट अतिथि जसपा नेपाल प्रमुख सचेतक रामअशिष यादवले पनि कार्यक्रममा सहभागिता जनाउँदै, नेपालको डिजिटल संरचना सुदृढ गर्दा साइबर सुरक्षा र कृत्रिम बुद्धिमत्ता पनि अनिवार्य भएको हुनु पर्नेमा जोड दिनुभयो। उहाँले मानिस र प्रविधि बीचको समन्वय महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा विभिन्न क्षेत्रका विशेषज्ञ र सहभागीहरूले साइबर सुरक्षा र ए. आइ. को चुनौती र अवसरहरूबारे जानकारी गराएका थिए। यस क्रममा सहभागीहरूले ज्ञान आदानप्रदान गर्दै आगामी दिनहरूमा यस विषयमा थप कार्य गर्ने संकल्प समेत व्यक्त गर्नुभयो।
कार्यक्रमले प्रदेशमा साइबर सुरक्षा र कृत्रिम बुद्धिमत्ता सम्बन्धी जागरूकता फैलाउने र प्राविधिक क्षमतामा वृद्धि गर्न महत्वपूर्ण भूमिका निभाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्