जनकपुरधाम,पुष २८ गते । मधेश प्रदेशका सभामुख रामचन्द्र मंडलले सहकारी संस्थाका कारण देशमा अर्थतन्त्र चलायमान रहेको कुरा बताउंनु भयो ।
धनुषा, सबैला नगरपालिका को सबैला बजारमा आयोजित समाज जीवन बचत तथा सहकारी संस्था को १२ वार्षिक साधारणसभामा बोल्दै प्रमुख अतिथि सभामुख मंडलले सहकारी देशको अर्थतन्त्रको मेरुदण्ड रहेको कुरामा जोड दिनुभयो ।
जसपा,नेपाल का समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले ग्रामीण क्षेत्रको अर्थ,व्यवसाय सुधार र रोजगारीमा सहकारी ले महत्त्वपूर्ण भूमिका निर्वाह गरि रहेको कुरा बताएका छन।
समाज जीवन बचत तथा सहकारी संस्था सबैलाका अध्यक्ष नथुनी यादवको अध्यक्ष्ातामा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघ धनुषाका अध्यक्ष धुर्बनारायण यादव,हेल्प मधेसी नेपाल का संस्थापक अध्यक्ष रामउदगार यादव,सबैला व्यापार संघका अध्यक्ष ब्रहम्देव यादव,समाजसेवी दिनेश राय,खटरु यादव,बिमलादेवी साह,राष्ट्रिय सहकारी बैंक का मधेश प्रदेश प्रमुख बिष्णु पराजुली सहितका वक्ताहरूले सहकारी को महत्त्व माथि प्रकाश पारेका छन।
सो अवसरमा समृद्धिको प्रवेशद्वार शिक्षाको महत्त्वलाई मनन गर्दै प्रोत्साहन स्वरुप बालबालिकालाई शैक्षिक सामाग्री उपहार दिएका छन।
प्रतिक्रिया दिनुहोस्