रौतहट । आफ्नै बुहारीको हत्या गरी फरार महिला ४ वर्षपछि पक्राउ परेकी छन् । पक्राउ पर्नेमा ६२ वर्षीया सायरा खातुन रहेकी छन् ।
खातुनले २०७७ साल जेठ ८ गते आफ्नै छोरा मो ईन्ताज चुडिहारकी श्रीमती २२ वर्षीया निसनारा खातुनलाई कुटपिट गरी मुखमा कपडा कोची हत्या गरेकी थिइन् । उक्त घटना पश्चात् उनी फरार रहँदै आएकी थिइन् ।प्रहरी निरीक्षक उमाशंकर प्रसादका अनुसार गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले उनलाई गढीमाई नगरपालिका-२ समनपुरबाट पुस २६ गते पक्राउ गर्न सफल भएको थियो । खातुनलाई रौतहट जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान कार्य भइरहेको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्