जनकपुरधाम,माघ ५ गते । जनता समाजवादी पार्टी,नेपाल का समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले मधेश आन्दोलनका शहिदहरुको प्रतिमामा माला अर्पण गरि हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन।
मधेश आन्दोलनका सम्पूर्ण शहिदहरुको स्मृतिमा माघ ५ गते मनाइने १८ ओै बलिदानी दिवसको अवसरमा मधेश प्रदेशका राजधानी जनकपुरधामको मुजिलिया स्थित शहिद द्वारमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रदेश सांसद यादवले अमर शहिदहरुको प्रतिमा पुष्प अर्पण गरि श्रद्धाञ्जली अर्पण गरेका छन।
समाजवादी विद्यार्थी युनियन, नेपाल र समाजवादी युवा संघ कार्य समिति धनुषा ले संयुक्तरूपमा आयोजना गरेको श्रद्धाञ्जली पार्टी का केन्द्रीय सदस्यहरु लालकिशोर साह,चमेली देवी दास,जितेन्द्र यादव, दिपक झा गुडु, द्रवेश यादव पुर्व आन्तरिक मामिला तथा कानुन मंत्री ज्ञानेन्द्र यादव , केन्द्रीय नेता रामगोविन्द यादव,नगर प्रमुख दिप नारायण मंडल,जिल्ला अध्यक्ष पशुपति यादव,उपाध्यक्ष द्वय रामशंकर पासमान,ललित मंडल,सचिव वरुण यादव,संगठन विभाग का प्रमुख शत्रुधन यादव,समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सचिव बलिराम कापडि ,प्रदेश सचिव आमिन राइनको सहभागिता रहेका छन।
समाजवादी युवा संघ का जिल्ला अध्यक्ष दिपु कापडि र समाजवादी विद्यार्थी युनियन धनुषा अध्यक्ष राम भगत यादवको संयोजनमा भएको कार्यक्रममा पार्टीका नेता, युवा र विद्यार्थीहरु ले श्रद्धाञ्जली अर्पण गरेका छन।
प्रतिक्रिया दिनुहोस्