विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र पहिलो दल बन्ने दाबी गरेका छन् ।
मोरङको ग्रामथान गाउँपालिकामा आयोजित धन्यवाद तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले माओवादी पहिलो पार्टी बन्ने बताएका हुन् ।गत मंसिर १५ मा भएको उपनिर्वाचनमा ग्रामथान माओवादी केन्द्रले जितेको थियो । पालिकामा धन्यवाद दिन आएका प्रचण्डले जनतामा माओवादीप्रति उत्साह जागेको दाबी गर्दै २०८४ को निर्वाचनमा पहिलो दल बन्ने बताएका हुन् ।
‘हामी १ सय २२ ठाउँमा स्थानीय तहमा जितेका थियौं । गएको उपनिर्वाचनमा ग्रामथानले त्यसलाई १ सय २३ ठाउँ पुगेको छ,’ प्रचण्डले भने, ‘अब त्यो १ सय २३ लाई हामी २ सय ५० बनाउनेछौं । अबको निर्वाचनमा माओवादी पहिलो दल बन्नेछ । यसमा कसैले रोक्न सक्दैन ।’
प्रतिक्रिया दिनुहोस्