काठमाडौं, माघ १३ गते । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय अनुशासन विभागमा थप दुई जना चयन भएका छन् ।
सप्तरीको भारदहमा बसेको अनुशासन विभागको बैठकले उपाध्यक्षमा विष्णुकुमार लावती र सचिवमा रामगोविन्द यादवलाई मनोनयन गरेको हो ।
अध्यक्ष जगदेव यादवको अध्यक्षतामा पदाधिकारी चयन गर्न बसेको विभागीय बैठकले अर्को बैठकबाट बाकी पदाधिकारीको पूर्ति गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्