जनकपुरधाम, माघ ३० गते। समाजवादी विद्यार्थी युनियन नेपल ( सवियुने ) को जनकपुर मोडेल क्याम्पसमा समिति गठन गरिएको छ।
समाजवादी विद्यार्थी युनियन नेपाल धनुषा जिल्ला अध्यक्ष रामभगत यादवको अध्यक्षतामा भएको बैठकमा अनित कुमार दासको नेतृत्वमा १५ सदस्य समिति गठन गरेको हो।
समितिको उपाध्यक्षमा ललित कुमार यादव र रनि कुमार दास, सचिव मनि कुमार यादव र स.सचिव राहुल शर्मा कोषाध्यक्षमा राज राउत चयन गरिएको छ।
त्यसतै समितिका सदस्यमा राकेश ठाकुर, संगम कुमार यादव र मनि राउत सहित १५ सदस्य समिति गठनले जनकपुर मोडेल क्याम्पसमा समाजवादी विद्यार्थी युनियनको कार्यप्रति थप उत्साह र सक्रियता ल्याउने विश्वास व्यक्त गरिएको छ।
समिति गठनको अवसरमा सदस्यहरुले युनियनको उद्देश्य र अभियानलाई अझ फैलाउने प्रतिवद्धता जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्