जनकपुरधाम, फाल्गुन ४ गते। समाजवादी विद्यार्थी युनियन नेपल ( सवियुने ) को जनकपुर युनिभर्सल एकेडेमी कलेजमा समिति गठन गरिएको छ।
समाजवादी विद्यार्थी युनियन धनुषा जिल्ला अध्यक्ष रामभगत यादवको अध्यक्षतामा भएको बैठकमा रामबरण यादवको नेतृत्वमा १५ सदस्य समिति गठन भएको हो।
समितिको उपाध्यक्ष ऋषिकेश शर्मा, राहुल शर्मा, सचिव राम प्रवेश यादव, स.सचिव अमित साह, कोषाध्यक्ष अस्मिता यादवलाई चयन गरिएको हो।
त्यसतै समितिका सदस्यमा सदस्य कृति यादव, साहिल हुसेन, आन्नद साह, सचिन यादव, अमित मण्डल, आन्नद ठाकुर, अभिषेक यादव, शिवम कुमार साह, अभिषेक रहेको हो। समिति गठनले जनकपुर युनिभर्सलएकेडेमी कलेजमा समाजवादी विद्यार्थी युनियनको कार्यप्रति थप उत्साह र सक्रियता ल्याउने विश्वास व्यक्त गरिएको छ।
समिति गठनको अवसरमा सदस्यहरुले युनियनको उद्देश्य र अभियानलाई अझ फैलाउने प्रतिवद्धता जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्