जनकपुरधाम,फाल्गुन ७ गते ।जनता समाजवादी पार्टी,नेपालका समाजवादी नेता ,मधेश प्रदेशका प्रदेश सांसद रामअशिष यादवले एक समारोहबीच गैरसरकारी संस्था महासंघ धनुषाको १५ ओैं वार्षिक साधारणको समुदघाट्न गर्नुभयो ।
सो अवसरमा प्रदेश सांसद यादवले गैरसरकारी संस्थाको भूमिका ग्रामिण भेगमा अझै प्रभावकारी हुनुपर्ने कुरा बताएका छन।
उहाँले गैरसरकारी संस्थाका सार्थक प्रयासले ग्रामीण भेगमा आंशिक सुधार भएको कुरा बताउंनु भयो ।
सो अवसरमा गैरसरकारी क्षेत्रमा निरन्तर सेवा दिई रहेका गैरसरकारी महासंघ का केन्द्रीय सदस्य द्वय धिरेन्द्र बहादुर सिंह र रामचन्द्र साहलाई गैरसरकारी महासंघले सम्मान गरेका छन।
गैरसरकारी संस्था महासंघ धनुषाका अध्यक्ष संजय साहको अध्यक्ष्ातामा सम्पन्न कार्यक्रममा महासंघ का महासचिव अर्जुन भट्टराई,केन्द्रीय सदस्यहरु धिरेन्द्र बहादुर सिंह,रामचन्द्र साह,रतौली युवा कल्व का अध्यक्ष बैधनाथ चौधरी ,राजकुमार यादव,सतिश यादव सहितका वक्ताहरूले गैरसरकारी संस्था को विकास निर्माणमा योगदान विषय विचार व्यक्त गरेका छन।
प्रतिक्रिया दिनुहोस्