जनकपुरधाम, फाल्गुन ११ गते । जनता समाजवादी पार्टी नेपालको भात्री संगठन समाजवादी विद्यार्थी युनियन नेपालले रा.रा.ब क्याम्पस जनकपुरधामको एकाई कमिटी पुर्न गठन गरेको छ।
रा.रा.ब एकाइ कमिटीका अध्यक्ष गौतम यादवको अध्यक्षतामा भएको बैठकमा समाजवादी विद्यार्थी युनियन नेपाल आयोजक समिति सदस्य बिकास यादवको, आमिन राईन, समाजवादी विद्यार्थी युनियन नेपाल धनुषा जिल्ला अध्यक्ष राम भगत यादव, जिल्ला सचिव संस्कर यादवको बिशेष उपस्थितमा पुर्न गठन गरेको हो।
समितिको अध्यक्षमा पुनः गौतम यादवको नेतृत्वमा ४५ सदस्य कमिटी गठन गरेको हो। त्यस्तै उपाध्यक्ष तनबिर रेजा राईन, मिनु झा, बिबेक यादव, सचीव रघुनन्दन यादव, दिपिक अधिकारी स.सचिब रुपेश यादव, कोषाध्यक्ष संजना झा, लगाईत ४५ सदस्य समिति गठन गरेका छ्न।
प्रतिक्रिया दिनुहोस्