जनकपुरधाम, फागुन २४ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालकाे मधेस प्रदेश समितिकाे समिक्षा बैठक सम्पन्न भएकाे छ।
शनिबार पार्टी कार्यालय जनकपुरधाममा पार्टीका प्रदेश समिति अध्यक्ष बालकिशाेर प्रसाद यादवकाे अध्यक्षता तथा मधेस प्रदेश इन्चार्ज पूर्वमन्त्री हरिनारायण यादवकाे विशेष उपस्थितिमा बैठक सम्पन्न भएकाे हाे ।
बैठकमा प्रदेश समितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरू, केन्द्रीय समितिका जनकपुरधाममा उपलब्ध पदाधिकारी तथा सदस्य, कार्यकारिणी समिति सदस्य लगायतकाे सहभागिता रहेकाे थियाे ।
त्यस्तै पार्टीका प्रदेशस्तरीय जनवर्गीय संगठन समाजवादी युवा संघ, समाजवादी विद्यार्थी युनियन, समाजवादी महिला संघ, समाजवादी मुस्लिम संघ, समाजवादी दलित मुक्ति संगठन, समाजवादी किसान महासंघ, समाजवादी ट्रेड युनियन महासंघ, मधेसी स्वाथ्यकर्मी फोरम नेपाल र शुभेच्छुक संस्था प्रेस मञ्च नेपाल लगायतका अध्यक्षहरू सहभागी थिए।
साे बैठकमा प्रदेशका ८ वटै जिल्लाका अध्यक्ष, सम्बन्धित जिल्लामा उपलब्ध केन्द्रीय सदस्य र प्रदेश सदस्य, अभियानीहरू र जनवर्गीय संगठन तथा शुभेच्छुक संस्थाका पदाधिकारीद्वारा संगठन निर्माण तथा विस्तार अभियानबारे प्रदेश अध्यक्ष बालकिशाेर प्रसाद यादवलाई रिपोर्टिङ्ग गरेका हुन् ।
सम्बन्धित संगठनका अध्यक्षहरूले अधिवेशन तथा संगठन निर्माण विस्तार कार्य सम्पन्न भएकाे वडा र पालिकाबारे जानकारी गराए । त्यस्तै बाँकी रहेका वडा र पालिकामा पनि चाँडै अधिवेशनसहित संगठन निर्माण विस्तार कार्य सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस्