जनकपुरधाम, फल्गुण २६ गते। समाजवादी प्रेस संगठन नेपाल धनुषाको पुनर्गठन गरिएको छ ।
समाजवादी प्रेस संगठन धनुषाका अध्यक्ष सहितका केही व्यक्ति प्रेस चौतारी धनुषामा प्रवेश गरेपछि पुनर्गठन गरिएको हो ।
नेकपा एकिकृत समाजवादीका नेता रामचन्द्र झाको उपस्थितिमा विकासकुमार साहको अध्यक्षतामा समाजवादी प्रेस संगठन धनुषाको पुनर्गठन गरिएको हो । पुनर्गठित नयाँ कार्यसमितिको सचिवमा धिरेश दत्त, सह–सचिवमा सुरेन्द्रकुमार राय, कोषाध्यक्षमा रुकमिनी साह, सदस्यहरुमा शत्रुधन यादव र मोनु गुप्तालाई चयन गरिएको छ ।
कार्यसमितिको पहिलो बैठकबाट उपाध्यक्ष चयन गरिने अध्यक्ष साहले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्