जनकपुरधाम, फाल्गुन २९ गते। जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी विद्यार्थी युनियन, नेपाल जिल्ला कार्य समिति, धनुषाले राजर्षी जनक विश्वविद्यालयमा ज्ञापन पत्र बुझाएका छन्।
विश्वविद्यालयले हालै प्रकाशित गरेको बिज्ञापनमा करार र दैनिक ज्यालादारीका कर्मचारीका लागि शिक्षा र कर्मचारीसम्बन्धी सूचना उल्लेख गरिएको थियो, जसप्रति समाजवादी विद्यार्थी युनियन, नेपालले गम्भीर ध्यानाकर्षण व्यक्त गरेको छ।
समाजवादी विद्यार्थी युनियनले समावेशी सिद्धान्तको आधारमा संविधानको धारा ४२ मा उल्लिखित सामाजिक न्यायको सुनिश्चितता र समावेशी सहभागिता सुनिश्चित गर्नका लागि संशोधित बिज्ञापन माग गरेको छ। युनियनले चेतावनी दिएको छ कि यदि उक्त विज्ञापन तीन दिन भित्र संशोधन नगरेको खण्डमा, विश्वविद्यालयको गलत व्यवस्थापकीय निर्णयको विरोधमा चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।
साथै, समाजवादी विद्यार्थी युनियनले खुद्रा विज्ञापनबाट नातेदार र आफन्तलाई भर्ना गर्ने उद्देश्यले गरेको बिज्ञापन रद्द गर्न र संशोधन सहित नयाँ विज्ञापन प्रकाशित गर्न जोडदार माग गरेको छ। आन्दोलनबाट हुने जनधनको क्षतिपूर्ति विश्वविद्यालयलाई जवाफदेही बनाइने चेतावनी पनि दिइएको छ।
यसका साथ, युनियनले नेपालको संविधान २०७२ मा उल्लिखित समावेशी सिद्धान्त र सहभागितामूलक नीतिहरूको पालन गर्न विश्वविद्यालयलाई आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्