जनकपुरधाम,फाल्गुन २९ गते ।जनता समाजवादी पार्टी,नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले एक समारोहबीच ज्ञान का मन्दिर विद्यालय भवनको शिलान्यास गर्नुभयो।
शिक्षा सुधारक प्रदेश सांसद यादवले धनुषा निर्वाचन क्षेत्र नं २,शहिदनगर नगरपालिकाको शहिदनगर यदुकूहास्थित श्री जनता ऐकाई माध्यमिक विद्यालयको प्राङ्गणमा विद्यालय भवनको शिलान्यास गरेका छन।
प्रदेश सांसद रामअशिष यादवको प्रयास र मधेश प्रदेश शिक्षा तथा संस्कृति मन्त्रालयको सहयोगमा सो विद्यालय भवनको निर्माण हुने छ कुरा प्राधानाध्यापक प्रदीप साह ले जानकारी दिएका छन।
सो अवसरमा शहिदनगर नगरपालिका वार्ड नं ३ का वार्ड अध्यक्ष युवा नेता मनोज कुमार दास, विद्यालय व्यवस्थापन समिति का अध्यक्ष शिक्षा प्रेमि नागेन्द्र मंडल,वार्ड सदस्य प्रदीप यादव,शिक्षक गजेन्द्र यादव, कर्मचारी महेश्वर पंडित सहित स्थानीय अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेका छन।
३ वर्ष अघि प्रथम कार्य कालमा पनि प्रदेश सांसद यादवको सहयोगमा दुई कोठे कक्षा कोठा भवन निर्माण गरिएको थियो ।
२०१६ सालमा स्थापित धनुषाको पुर्वी क्षेत्रका प्रसिद्ध विद्यालय श्री जनता ऐकाई माध्यमिक विद्यालयमा नर्सरी कक्षा देखि अन्तर स्नातक सम्म २ हजार वालवालिकाहरु अध्ययनरत रहेका कुरा प्राधानाध्यापक साहले जानकारी गराएका छन।
सो विद्यालयमा आधारभूत शिक्षा का साथै अन्तर स्नातक मा वाली विज्ञान,शिक्षा र व्यवस्थापन विषय पनि अध्ययन भैई रहेको छ।
प्रतिक्रिया दिनुहोस्